प्युठान । सवारी चालकहरुका लागि ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम शनिवार जुम्रीमा सम्पन्न भएको छ । सडक सुरक्षा, ट्राफिक नियम चिह्न तथा संकेतहरु, सवारी चलाउँदा सवारीमा यात्रा गर्दा अवलम्बन गर्नुपर्ने सुरक्षा सतर्कताका लगायतको प्रस्तुतिकरण जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठान देविस्थानका प्रहरी नायव निरक्षिक चन्द्र के.सी.ले प्रस्तुत गर्नुभएको थियो ।
चालकको सवारी चालक अनुमति पत्र, गाडीको ब्लुबुक, विमा कागजात चुस्तदुस्त राख्ने र ट्राफिक नियम पुर्ण पालन गरेमा ट्राफिक सम्बन्धी समस्या नहुने र सवारी दुर्घटना न्यूनिकरण तथा समस्या समानधानमा समेत सहजता हुने इलाका प्रहरी कार्यालय विजुवारका प्रहरी बरिष्ठ नायव निरिक्षक मनोज सिंह बोहराले बताउनु भएको थियो । मालारानी यातायात प्रा.लि. प्यूठानका पदाधिकारी र अटो सवारी चालक तथा सवारी धनीलाई सचेतना मुलक कार्यक्रम सञ्चालन गरिएको हो ।
प्रा.लि.ले ३ पांग्रे अटो सेवा हाल प्यूठान जिल्लाको प्यूठान नगरपालिका, मल्लरानी गाउँपालिका, झिमरुक गाउँपालिका र माण्डवी गाउँपालिकाबाट प्रदान गरेको सचिव पुरन भण्डारीले बताउनुभयाे। प्रा.लि.का अध्यक्ष कृष्ण बहादुर पुनको अध्यक्षता रहेको कार्यक्रमको आतिथ्यता प्रहरी बरिष्ठ नायव निरिक्षक मनोज सिंह बोहरा, जुम्री बसपार्क व्यवसथापन समितिका अध्यक्ष प्रकास सुवेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानका शरद के.सी., इलाका प्रहरी कार्यालय विजुवारका ट्राफिक प्रहरी प्रकश के.एम., अस्थाई प्रहरी पोष्ट बाग्दुलाका ट्राफिक प्रहरी गणेश के.सी.लगायतको उपस्थिति रहेको थियो ।

