प्यूठान ।आर्थिक वर्ष २०७७/०७८ को बेरुजु शून्य बनाउन महत्त्वपूर्ण भुमिका निभाएको भन्दै सरुमारानी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी रेग्मीलाई सम्मान गरिएको छ ।
आर्थिक वर्ष २०७८/०७९ को तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रमको अवसरमा आज सम्मान गरिएको हो ।
गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्मा र उपाध्यक्ष बसन्ता खड्काले सोसल्ला र प्रशंसा पत्रले सम्मान गर्नुभएको थियो । गाउँपालिका कर्मचारी र जनप्रतिनिधिको मेहनतले पालिकाको बेरुजु शुन्य भएको प्रमुख प्रशासकीय अधिकृत रेग्मीले बताउनुभयो ।
