> स्थानीय सरकार > जिल्लाका सवै मतदान स्थलमा पुग्दैछन निर्वाचन सामाग्री र कर्मचारी


जिल्लाका सवै मतदान स्थलमा पुग्दैछन निर्वाचन सामाग्री र कर्मचारी

प्यूठान । शुक्रबार हुने स्थानीय तहको निर्वाचन गराउनका लागि मतदान अधिकृत सहितका कर्मचारी र सुरक्षाकर्मी मतदान स्थल पुग्दैछन् । मतदान अधिकृतका लागि २ दिन तालिम दिएपछि आज सम्वन्धित ठाउँमा पठाईदैछ ।

निर्वाचन सामाग्री सहित मतदान अधिकृत सहितका कर्मचारी र सुरक्षाकर्मी मतदान स्थल जाँदैछन् । जिल्लामा १५१ मतदान स्थल रहेको छ भने २२० मतदान केन्द्र रहेको छ ।

निर्वाचनका लागि जिल्लामा १ हजार ८४ जना कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालय प्यूठानका प्रमुख राजन श्रीवास्तवले जानकारी दिनुभयो । सवै मतदान केन्द्रमा आज साँझसम्म कर्मचारी र निर्वाचन सामाग्री पुगिसक्ने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *