> आर्थिक/बिकास > प्यूठान नगरपालिकाको बजेट खर्च ८२ प्रतिशत : आन्तरीक आम्दानी झण्डै ३ करोड


प्यूठान नगरपालिकाको बजेट खर्च ८२ प्रतिशत : आन्तरीक आम्दानी झण्डै ३ करोड

प्यूठान । प्यूठान नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा ८२ प्रतिशत बजेट खर्च गरेको छ । ७० करोड ६५ लाख ८४ हजार ९९७ रुपियाँ मध्ये ५८ करोड २५ लाख ४७ हजार २४८ रुपियाँ बजेट खर्च भएको हो ।

 

सूचना अधिकारी आशिस पोख्रेलले दिनुभएको जानकारी अनुसार चालु तर्फ ८५.९६ प्रतिशत र पुँजिगत तर्फ ७३.७७ प्रतिशत बजेट खर्च भएको छ ।

 

 


पालिकाले आर्थिक वर्ष २०७८/०७९ मा झण्डै ३ करोड रुपियाँ आन्तरीक आम्दानी गरेको छ । २ करोड ९९ लाख ५३ हजार ५२१ रुपियाँ आम्दानी भएको सूचना अधिकारी पोख्रेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *