प्यूठान । नेकपा (एमाले) झिमरुक गाउँपालिकाको दोस्रो अधिबेशनले पदम खड्काको अध्यक्षतामा ६५ सदस्यीय नयाँ कमिटी चयन गरेको छ ।
कमिटीको उपाध्यक्षमा रामचन्द्र भण्डारी, सचिव निम बहादुर सुनार, उपसचिव मेख बहादुर सुनार र बसन्त बस्नेत रहनुभएको छ ।
अधिवेशनको उद्घाटन नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सूर्य थापाले गर्नुभएको थियो ।
१० गते सरुमारानी, ११ गते मल्लरानी, १२ गते माण्डबी, १३ गते गौमुखी, १४ गते नौबहिनी गाउपालिका र १५ गते स्वर्गद्वारी नगपालिकाको पालिका अधिबेशन हुने एमाले प्युठानका अध्यक्ष बिजय बिराज बिष्टले जानकारी दिनुभयो ।
एरावती गाउपालिकाको अधिबेशन मिति तय हुन बाकी छ भने प्युठान नगरपालिकाको यस अघिनै सम्पन्न भैसकेको छ ।
जिल्लाका ६४ वटै वडाको वडा अधिबेशन समेत चलिरहिको छ ।