प्यूठान । स्थानीय तह निर्वाचनमा जिल्लाको मल्लरानी र ऐरावती गाउँपालिकामा नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल गर्ने सहमति भएको छ ।
ऐरावतीमा नेपाली कांग्रेसले पालिका अध्यक्ष सहित ३ वडा र जनमोर्चाले पालिका उपाध्यक्ष सहित २ वडा पाउने गरि सहमति भएको हो ।
त्यसैगरि मल्लरानीमा पनि गाउँपालिका अध्यक्ष सहित ३ वडा राजमोले र पालिका उपाध्यक्ष सहित २ वडा कांग्रेसले पाउने गरि सहमति भएको बताइएको छ ।
