> स्थानीय सरकार > मल्लरानीमा क्वारेन्टाईन विस्तार गरी ७० वेड बनाइयो


मल्लरानीमा क्वारेन्टाईन विस्तार गरी ७० वेड बनाइयो

प्यूठान, २ बैशाख ।
मल्लरानी गाउँपालिका भित्रने नयाँ आगन्तुकलाई लक्षित गरी क्वारेन्टाईन विस्तार गरिएको छ । मुलुककै विभिन्न स्थानहरुबाट पैदल हिँडेरै गन्तव्यमा पुग्ने गरेको र भारतमा अलपत्र परेकाहरु पालिका भित्रिएमा क्वारेन्टाईनमा राख्नुपर्ने आवश्यकतालाई मध्यनगर गर्दै क्वारेन्टाईन विस्तार गरिएको हो ।

शुरुमा साविक महिला तथा बालबालिका कार्यालयमा १० बेडको क्वारेन्टाईन बनाइएकोमा यसलाई विस्तार गरी ७० वेड पु¥याईएको छ । कार्यालयमा थप ५ गरी १५ वेड, प्यूठान क्याम्पस खलंगामा २५ वेड, भानुभक्त मा.वि. बर्बाेट, अमर मा.वि. चुँजा र जनता मा.वि. लुक्कामा १०/१० वेडको गरी ७० वेडको क्वारेन्टाईन स्थापना गरिएको प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले जानकारी दिनुभयो ।

विद्यालयहरुमा विद्युत, खानेपानी, शौचालय लगायत सुविधाको व्यवस्था गरिएको छ । वेडका लागि आवश्यक खाट, ओड्ने ओछ्याउने कपडाको व्यवस्था गरिएको छ । लक डाउनकै अवस्थामा देशका विभिन्न स्थान र भारतबाट गाउँपालिका भित्रनेहरुलाई निश्चित अवधिका लागि क्वारेन्टाईनमा राखिने गाउँपालिकाले जनाएको छ ।

कोरोना भाईरस (कोभिड १९)को सम्भावित संक्रमणको जोखिम न्यूनिकरणका लागि अन्य व्यक्तिको सम्पर्कमा जानु अघि क्वारेन्टाईनमा बस्नुपर्ने हुन्छ । शुरुमा १४ दिन समय तोकिएकोमा यसपछि पनि संक्रमणको लक्षण देखिने थालेपछि सरकारले कम्तिमा २१ दिन क्वारेन्टाईनमा बस्नुपर्ने उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!