> स्थानीय सरकार > प्रविधिमैत्री बन्दै मल्लरानी गाउँपालिका


प्रविधिमैत्री बन्दै मल्लरानी गाउँपालिका

प्यूठान, १२ बैशाख । मल्लरानी गाउँपालिका प्यूठानले सेवाप्रवाहलाई प्रविधिमैत्र बनाउन थालेको छ । कार्यालयका गतिविधि र सेवाप्रवाहमा अधिकतम प्रविधिको उपयोग बढाउन थालेको हो ।

 

पालिकाले विद्युतीय हाँजिरि शुरु गरेको छ । गाउँपालिकाको कार्यालय, ५ वटै वडा कार्यालय, ६ वटा सामुदायिक माध्यमिक विद्यालयमा विद्युतीय हाजिरी शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले बताउनुभयो । ‘विद्युतीय हाजिरी कार्यान्वयनमा ल्याएका छौं ।’ ,उहाँले भन्नुभयो, ‘ऐनको मस्यौदा तयार भएको छ, अब बस्ने कार्यपालिका बैठकले निर्णय लिनेछ ।’

 

कार्यालय आउँदा र जाँदा हाजिर गर्नुपर्ने हुन्छ । विदा, फिल्ड सवै डिजिटल माध्यमबाटै हुने गरेकोछ । गाऊँपालिकाले दर्ता चलानी, सिफारिस, योजना कार्यान्वयन, राजश्व संकलन, आम्दानी रसिद सवै अनलाईन माध्यमबाट शुरु गरिएको छ । सवै वडामा इन्टरनेटको साहेताले कार्यसम्पादनलाई प्रविधिमैत्री बनाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत थापाले सुनाउनुभयो ।

 

संघीय सरकारकै सहकार्यमा सबै व्यक्तिगत घटना दर्ता अनलाईन शुरु भएको छ । जिन्सी माग, दाखिला, खर्च सवै विवरण अनलाईन शुरु गर्न लागिएको छ ।

 

प्रविधिको प्रयोगले छिटो छरितो कार्यसम्पादन तथा सेवा प्रवाह हुने गरेको अनुभव पालिकाले गरेको छ । पारदर्शि र तथ्यांक अध्यावधिमा प्रविधिको प्रयोगले सहयोग पुग्ने प्रमुख प्रशासकीय अधिकृत थापाले अपेक्षा व्यक्त गर्नुभयो । प्रविधियुक्त बनाउनका लागि विषयगत तालिमहरु संचालन गरिएको भन्दै उहाँले तत्कालै दर्ता चलानी सम्वन्धी तालिम संचालनको तयारी भैरहेको बताउनुभयो ।

 

प्रभावकारी इन्टरनेट र वैकल्पिक विद्युतको व्यवस्था गर्न सकेमा कागजको प्रयोगमा कमि गर्न सकिने गाउँपालिकाको अनुभव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *