> राष्ट्रिय > सूचनालाई सरल र सहज बनाउन महासंघको आग्रह


सूचनालाई सरल र सहज बनाउन महासंघको आग्रह

प्यूठान, २५ चैत ।
नेपाल पत्रकार महासंघ प्यूठानले कोरोना संक्रमणको अवस्थामा सही सूचना प्रवाहका लागि जिल्लामा सञ्चारमाध्य र सञ्चारकर्मी क्रियाशिल रहेको भन्दै सरल र सहज सूचना प्रवाहको व्यवस्था गर्न सम्वन्धित पक्षलाई आग्रह गरको छ । महासंघले स्थानीय सरकार, सरकारी कार्यालय र गैरसरकारी संघ संस्थाले दिने आधिकारीक सूचनालाई अझ सरल र सहज बनाउन आवश्यक रहेको जनाएको छ ।
मंगलबार पत्रकार महासंघ प्यूठानका सचिव विजयसिंह भारीतले एक विज्ञप्ती जारी गर्दै अहिले लकडाउनको समयमा नागरिकका समस्याका बारेमा सञ्चारमाध्यम र सञ्चारकर्मीले झकझकाई रहेको भन्दै त्यस्ता समस्या समाधान तर्फ सम्वन्धित निकायले भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभएको छ ।
विज्ञप्तीमा भनिएको छ, नागरिकका समस्याहरु बारे संचारकर्मीहरुले समाचारका माध्यमबाट सम्बन्धीत निकायलाई झकझकाई रहेकाले ती निकायहरु जिम्मेवार ढङ्गले आएका समस्याहरुको समाधान तर्फ अग्रसर हुनुपर्दछ । यसैसन्दर्भमा मल्लरानी गाउँपालिकाका वडा नं। ३ को रस्पुरकोटमा राहत वितरणको शिलशिलामा स्थानीयले उठाएको आवाजलाई सञ्चारकर्मीहरुले प्रस्तुत गर्दा मल्लरानी गाउँसरकारले ‘संचारकर्मीले नै भिड जम्मा गरेको, पुरानो फोटो प्रयोग गरेको र कपोलकल्पित समाचार लेखेको’ जस्ता आरोप लगाएको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । समुदायको आवाजलाई समाचारका आधारभुत सिद्धान्तमा रहि प्रस्तुत गरिएकोले त्यहाँ उठान गरिएका समस्याको समाधानका लागि अग्रसर हुन सम्वन्धीत पक्षलाई अनुरोध गर्दछौं । विपत्तिको सामाना गर्नका लागि आ–आफ्ना स्वार्थ भन्दा माथि उठी समुदाय र नागरिक प्रति उत्तरदायी बन्न आग्रह गर्दछौं । कोभिड १९ विरुद्धको लडाई हामी सबै मिलेर मात्र जित्न सकिन्छ । आफु पनि सुरक्षित हौं र अरुलाई पनि सुरक्षित गरौं ।,

Leave a Reply

Your email address will not be published. Required fields are marked *