प्यूठान, १२ कात्तिक । सरुमारानी गाउँपालिकाको कार्यालयका कर्मचारीमा कोरोना पुष्टी भएपछि कार्यालयको सेवा बन्द भएको छ ।
कात्तिक १४ गतेसम्मका लागि कार्यालय बन्द गरिएको गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले बताउनुभयो ।
कोरोना संक्रमित कर्मचारी आइसोलेसनमा रहेको समेत उहाँले बताउनुभयो । कात्तिक १६ गते आईतबारदेखि कार्यालय खुल्ने उहाँले बताउनुभयो ।
