राजनीतिराष्ट्रियसमाज

नागरिकता बिधेयक र नेपालको भुमि भारतले नक्सामा समेटेकोमा जनमोर्चाको बिरोध

प्युठान । हालै प्रमाणिकरण भएको नागरिकता बिधेयक र भारतले नेपालको भुभाग समेटेर जारी गरेको नक्साको राष्ट्रिय जनमोर्चा प्युठानले बिरोध जनाएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय प्युठानका निमित्त प्रमुख जिल्ला अधिकारी मेघराज सोनी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गरेको हो ।

जनमोर्चाका जिल्ला अध्यक्ष ज्ञामुराम न्यौपानेको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले बुझाएको ज्ञापनपत्रमा नागरिकता सम्बन्धि बिधेयक रास्ट्रपतिबाट प्रमाणिकरण हुनु राष्ट्र हित विपरीत भएको उल्लेख छ । नागरिकता सम्बन्धि विधेयक संसदमा समेत छलफल नगराई संबैधानिक र संसदिय कार्यविधी बिपरित भएको राजमोको भनाई छ ।

 

देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई नागरिकता बिधयक प्रमाणीकरण गरे संगै सोही अनुसार नागरिकता बितरण गर्न परिपत्र गरेकोमा आपत्ति जनाउदै तत्काल बन्द गराउन प्रधानमन्त्रीलाई आग्रह गरेको हो ।

त्यसैगरी, भारतले आफ्नो नक्सामा नेपालको कपिलवस्तु, लुम्बिनी र बिराटनगर सहितको भु- भाग समेत सम्मीलित गरिएको नक्सा प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएकोले सरकारलाई गम्भीर बन्न आग्रह गरेको छ।

सदरमुकाम खलंगामा पार्टीले कोणसभा गरी राष्ट्र, राष्ट्रियता, सर्वभौमिकतालाई काङ्ग्रेस माओवादीले सत्तासंग साट्न खोजेको राजमोले आरोप लगाएको छ ।

Related Articles

Back to top button