प्यूठान, १३ भाद्र । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले रचना गरेको ‘प्राण भन्दा प्यारो नेपाल’ गीतको भिडिओ सार्वजनिक भएको छ ।
गौतमले २०६३ सालमै लेखेको उक्त गीतको भिडिओ तयार गरि सार्वजनिक गरिएको छोरा हरिशचन्द्र गौतमले बताउनुभयो ।
यो गीत २०६४ सालमा रेकर्डिङ भएको थियो। गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले राष्ट्रियगानको छनौटमा समेत यो गीत प्रतिस्पर्धामा रहेको थियो । तर, ब्याकुल माइलाको ‘सयौं थुंगा फूलका हामी’ गीत छनौट भयो।
गीतमा रोशन गुरुङ र माण्डवी त्रिपाठी लगायतको स्वर रहेको छ । काठमाडौं, भक्तपुर, दरबारमार्ग, दरबारस्क्वायर, चोभार, बौद्ध, स्वयम्भू, भैंसेपाटी, बौद्ध लगायतका ठाउँमा भिडिओ सुटिङ गरिएको हो।