प्यूठान, ७ कात्तिक । लुम्बिनी प्रदेशले कोरोना जाँच निःशुल्क गर्ने भएको छ । लुम्बिनी प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले लक्षण देखिएका शंकास्पद कोरोना संक्रमितको निःशुल्क पिसिआर जाँच गर्ने निर्णय गरेको हो ।
बैठकले कोभिड विशेष अस्पताल र अन्य सरकारी अस्पतालमा संक्रमितको निःशुल्क उपचारको व्यवस्था मिलाउँदैै आएकोमा कोरोना संक्रमणबाट निधन भएका सबै शवको व्यवस्थापन गर्ने कामको संयोजन प्रमुख जिल्ला अधिकारीले व्यवस्थापन मिलाउने निर्णय गरेको छ ।
सबै कोभिड विशेष अस्पतालमा हाई डिपेन्डेन्सी युनिट९एचडियुं०क्षमता विस्तार गर्ने, लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत बुटवल धागो कारखाना कोभिड विशेष अस्पतालमा अघिल्लो निर्णयानुसार तत्काल आईसियु र एचडियु सेवा विस्तार गर्ने निर्णय भएको छ ।
अन्य सबै जिल्ला अस्पतालहरुमा अन्य सेवा प्रभावित नहुनेगरि र मौजुदा दरवन्दी र जनशक्तिबाट संचालन गर्ने गरि ५ बेड सम्म क्षमताको एचडियु सेवा संचालन गर्ने ,एचडियु सेवा स्थापना गर्दा लाग्ने खर्च केन्द्र सरकारबाट प्राप्त भएको सहयोगरअनुदानलाई परिचालन गर्ने र नपुग रकम प्रदेश सरकारसंग माग गर्ने गरि तत्काल व्यवस्था मिलाउने ,जिल्ला भित्रका लक्षण भएका बिरामीहरुलाई त्यहि अस्पतालमा नै आवश्यक उपचारको व्यवस्था मिलाउने, गंभिर र जटिल अवस्थाको बाहेक सामान्य अवस्थाका संक्रमितलाई रिफर नगर्ने , यसको आवश्यक व्यवस्था सामाजिक विकास मन्त्रालयले मिलाउने निर्णय गरेको छ ।
लक्षण सहितका विरामीहरुको उपचार कोभिड विशेष अस्पताल र अन्य सरकारी अस्पतालमा निःशुल्क गर्ने, यसरी उपचार गर्दा लाग्ने खर्च सङ्क्रमित बिरामीको विमा गरेको भए सो बाट व्यहोर्ने र विमा रकम भन्दा बढि खर्च भए पनि निःशुल्क गर्ने र यसको आवश्यक संयोजन सामाजिक विकास मन्त्रालयले मिलाउने निर्णय भएको छ । त्यसै गरी संभावित उच्च सङ्क्रमणबाट जोगिन अस्पतालमा कार्यरत डाक्टर लगायत स्वास्थ्यकर्मीहरुको निश्चित समयावधि भित्र लक्षण नभएपनि कोभिड जाँचको व्यवस्था सहितको आवश्यक योजना सामाजिक विकास मन्त्रालयले तयार गरि लागु गर्ने , होम आईसोलेशनमा बस्ने सङ्क्रमितहरुलाई नियमित निगरानीमा राख्ने गरि स्वास्थ्यकर्मी सहित जनप्रतिनीधिको टोली निर्माण स्थानीयतहले गर्ने निर्णय गरेको छ ।।
होम आईसोलेशनमा बस्नेको स्वास्थ्य अवस्था, प्रयोगशाला परीक्षण, स्वास्थ्य सुरक्षा मापदण्ड, आकस्मिक उद्धार लगायतको व्यवस्था र आवश्यक तथ्याङ्क नियमित रुपमा गर्ने र यसको आवश्यक संयोजन र समन्वयको व्यवस्था सम्बन्धित प्रमुख जिल्ला अधिकारीले मिलाउने , क्वारेन्टाईन र आईसोलेशन सेन्टरको निर्माण, व्यवस्थापन र संचालन आवश्यकता अनुसार सम्बन्धित पालिकाले नै गर्ने , क्वारेन्टाईनलाई क्रमशः आईसोलेशन सेन्टरमा रुपान्तरण गर्दै जाने निर्णय गरेको छ ।
