> राष्ट्रिय > नयाँ वर्षको दिन प्यूठानमा मनाईयो झण्डा दिवस


नयाँ वर्षको दिन प्यूठानमा मनाईयो झण्डा दिवस

प्यूठान । नेपाली राष्ट्रिय झण्डा दिवस मनाईएको छ । बैशाख १ गतेलाई झण्डा दिवसको रुपमा मनाउँदै आएको बागेश्वरी असल शासन क्लव प्युठानले नयाँ वर्षको अवसरमा दिवस मनाएको हो ।

 


बागेश्वरी असल शासन क्लव नेपालले सात वर्षदेखि दिवस मनाउँदै आएको अध्यक्ष जुमानसिंह केसीले जानकारी दिनुभयो । राष्ट्रिय झण्डाको पहिचान बढाउन र झण्डाको दुरुपयोग हुन नदिनका लागि राष्ट्रिय दिवस घोषणा गरि मनाउनुपर्ने उहाँको भनाई छ । राष्ट्रिय झण्डाको सम्मान र सर्वसाधारणलाई शुसुचित बनाउन कार्यक्रम गरिएको केसीले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले नेपालको झण्डा विश्वमै आकर्षक भएको भन्दै यसको दुरुपयोग हुन नदिनतर्फ सचेत बन्नुपर्ने बताउनुभयो । संसारका विभिन्न देशहरुमा नेपालको झण्डा अलग्गै भएकाले उत्कृष्ट रहेको समेत उहाँको भनाई छ । उहाँले झण्डाको प्रर्वद्धनका लागि युवाहरुबाट भएको पहल सकारात्मक भएको उल्लेख गर्नुभयो ।

जिल्ला सदरमुकाम खलंगा स्थित पार्टी चोकमा भएको कार्यक्रममा सहभागीहरुले नेपाली झण्डा बोकेर राष्ट्रियताको विषयमा एकजुट हुनुपर्ने सन्देश दिएका थिए । कार्यक्रमको सञ्चालन क्लवका पूर्व अध्यक्ष विजयसिंह भारतीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *