प्यूठान । प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गरेपछि नेकपा (एमाले)का उम्मेदवार सूर्य थापा र गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार दुर्गा पौडेल दुवैले आफूले जित्ने दावी गर्नुभएको छ । मनोनयन दर्तापछि सञ्चारकर्मीसँग छोटो कुराकानीमा दुवै उम्मेदवारले आफ्नो पक्षमा जनताले मत दिने दावी गर्नुभएको हो ।
नेकपा(एमाले)का पोलिटव्यूरो सदस्य तथा प्यूठान इन्चार्ज समेत रहनुभएका थापाले जनताले यसपटक योग्य व्यक्ति छान्ने भन्दै त्यसका लागि एमालेलेले सक्षम उम्मेदवार उठाएको बताउनुभयो । सुखी नेपाली, समृद्ध नेपालको नारालाई पुरा गर्नका लागि आफूहरुसँग स्पष्ट दृष्टिकोण समेत रहेको उहाँको भनाई छ ।
उम्मेदवार थापाले जिल्लाका सवै मतदाताले एमालेका उम्मेदवारलाई मन पराएको भन्दै जिल्लाको अुधुरा अपुरा विकास निर्माणलाई पुरा गर्ने आफूहरुको प्रतिवद्धता रहेको बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष समेत रहनुभएकी दुर्गा पौडेलले प्रतिगमन विरुद्ध गठबन्धन सहित उम्मेदवारी दिएको प्रतिक्रिया दिनुभयो । उहाँले आफू प्रतिनिधिसभा सदस्य भएको बेला थालेका कामलाई पूणर्ता दिनका लागि समेत अहिले आफ्नो उम्मेदवारी भएको उल्लेख गर्नुभयो ।
गठबन्धनमा रहेका दलको पूणर् साथ रहने भन्दै उहाँले सोही अनुरुप गठबन्धन बनेको बताउनुभयो । उम्मेदवार पौडेलले आफू सांसद हुँदा जिल्लामा विकास निर्माणका काम भएको दावी गर्दै सवै पूरा हुन नसकेको बताउनुभयो ।
