> राष्ट्रिय > मल्लरानी गाउँपालिकाको आयोजनामा एकीकृत घुम्ती स्वास्थ्य शिबिर संचालन


मल्लरानी गाउँपालिकाको आयोजनामा एकीकृत घुम्ती स्वास्थ्य शिबिर संचालन

प्युठान । मल्लरानी गाउँपालिकाले नि:शुल्क स्वास्थ्य शिबिर संचालन गरेको छ । बुधबार मल्लरानी गाउँपालिका १ सोल्हाल्नामा गाउँपालिका उपाध्यक्ष रमेशकुमार श्रेष्ठले शिबिरको उद्घाटन गर्नुभएको हो ।

 

गाउँमा उपचार अभावमा लुकेर रहेका रोग र बिरामीको सहज उपचार गर्न पालिकाले योजना बनाएर शिबिर संचालन गरेको बताउनुभयो । उहाँले शिबिरबाट महिलाहरूले लाभ लिने अपेक्षा गर्नुभयो ।

 

एकीकृत घुम्ती शिबिरमा पाठेघरको मुखको क्यान्सर सम्बन्धि परीक्षण, गर्भवती महिलाहरूको लागी भिडियो एक्सरे, ल्याब सेवा लागायत सेवा प्रदान गरिएको छ । शिबिरमा बालरोग विशेषज्ञ डा. सुवास पौडेल, डा. भोज बहादुर भण्डारी सहितको टोलीले सेवा दिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश के.सी.ले गाउँमै सेवा दिने गरी शिबिर संचालन गरिएको बताउनुभयो । बिरामीको परीक्षण, औषधि बितरण, ल्याब परीक्षण सेवा पाईने उहाँको भनाई छ ।

 

 

वडा नम्बर १ का वडा अध्यक्ष चिन्त बहादुर राहुले १ नम्बर वडाको भूगोल नमिलेको कारण दुई ठाउँमा शिबिर संचालन गरिने बताउनुभयो । बुधबार सोलहाल्नामा शिबिर भएको छ भने बिहिवार वडा कार्यालय देउरालीमा शिबिर हुनेछ ।

 

जेठ ८ गतेसम्म क्रमशः सबै वडामा शिबिर हुने स्वास्थ्य शाखा प्रमुख पारश शाहीले बताउनुभयो । १ नम्बर वडामा २ दिन भएपनि अरु वडामा १/१ दिन शिबिर चल्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *