प्यूठान । स्थानीय तहको निर्वाचनका लागि माण्डवी गाउँपालिकामा विप्लव नेतृत्वको नेकपा सहितका दलहरुले चुनावी तालमेल गर्ने भएका छन् ।
नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र ने.क.पा.बीच चुनावी तालमेल गर्ने सहमती भएको हो ।
यद्यपी पद बाँडफाँड भने टुंगिएको छैन । सवै दलहरुले आ आफ्नो दावी प्रस्तुत गर्दै आएका छन् ।