> राष्ट्रिय > प्यूठानमा गठबन्धनको छलफल निस्कर्ष विहिन, सहमतीको प्रयास जारी


प्यूठानमा गठबन्धनको छलफल निस्कर्ष विहिन, सहमतीको प्रयास जारी

प्यूठान । स्थानीय तहको निर्वाचनका लागि जिल्लामा तीन दलबीच चुनावी तालमेलका लागि प्रयास भएपनि हालसम्म सहमती जुट्न सकेको छैन । नेपाली कांग्रेस, नेकपा माओवादी र राष्ट्रिय जनमोर्चाबीच तालमेलका लागि अहिलेसम्म भएका छलफल, वार्ता निष्कर्ष विहीन भएको स्रोतले बताएको छ ।

 

जिल्लाका पालिका र समन्वय समितिमा कसरी बाँडफाँड गर्ने भनेर दलहरु छलफलमा पटक पटक बसेका छन् । सैद्धान्तिक रुपमा कांग्रेसलाई ४ स्थानीय तह, माओवादीलाई ३ स्थानीय तह र जनमोर्चालाई २ स्थानीय तहसँगै जिल्ला समन्वय समिति पाउने गरि छलफल बढेको छ ।

 

दलहरु छलफलमा निरन्तर जुटेपनि अझै टुंगो लागि नसकेको नेपाली कांग्रेसका सभापति विष्णु गिरीले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म छलफल धेरै अगाडी नबढेको जानकारी दिनुभयो ।

 

अहिलेसम्मका वार्ता, छलफल उपलब्धीमूलक नभएको वार्तामा सहभागी एक नेताले प्यूठान समाचारलाई बताउनुभयो । उनका अनुसार केन्द्रबाटै दवाव सृजना गराएर सहमती गराउने हुनसक्छ । यद्यपी स्वर्गद्धारी नगरपालिकामा गठबन्धन गर्ने सैद्धान्तिक सहमति गर्ने निणर्य भने सार्वजनिक भएको छ ।

छलफलमा दलहरूले आ आफ्नो दावी प्रस्तुत गर्दै आएका छन । नेपाली कांग्रेसले गौमुखी गाउँपालिका, नौबहिनी गाउँपालिका, ऐरावती गाउँपालिका र स्वर्गद्धारी नगरपालिकाको प्रमुख पाउने चर्चा छ ।
नेकपा माओवादी केन्द्रले सरुमारानी गाउँपालिका, माण्डवी गाउँपालिका र प्यूठान नगरपालिकाको प्रमुख पाउने चर्चा चलेको छ ।

 

त्यसैगरी राष्ट्रिय जनमोर्चाले झिमरुक गाउँपालिका, मल्लरानी गाउँपालिका र जिल्ला समन्वय समितिको प्रमुख पाउने चर्चा छ । काङ्ग्रेसले प्युठान नगरपालिका र माओवादीले झिम्रुक गाउपालिकामा दाबी गर्दै आएको स्रोतको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *