> समाज > महिला हिंसा विरुद्ध प्यूठानमा प्रदर्शन


महिला हिंसा विरुद्ध प्यूठानमा प्रदर्शन

प्यूठान, २४ असोज । महिला हिंसा विरुद्ध शनिवार प्यूठानमा प्रदर्शन गरिएको छ ।

Nepal Revolutionary Youth Society- NRYS को आयोजनामा आज प्यूठानको जुम्रीमा महिला हिंसा विरुद्ध शान्तिपुर्ण प्रदर्शन गरिएको ग्रुपका संयोजक जिवन खनाल प्यूठान समाचार डटकमलाई जानकारी दिनुभयो ।

पछिल्लो समय महिलामाथि भएका हिंसालाई कम गर्न सरकारलाई दवाव दिने उदेश्यले उक्त प्रदर्शन गरिएको उहाँको भनाई छ । हिजो निर्मला, आज सम्झना र भोलि अर्काेले कहिलेसम्म अकालमा ज्यान गुमाउनु पर्ने हो, उहाँले प्यूठान समाचार डटकमसँग भन्नुभयो, “महिला हिंसाविरुद्ध सरकार गम्भिर हुन जरुरी छ” ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *