> खेलकुद > पाँचौ राष्ट्रिय हाप्किडो प्रतियोगिता प्युठानमा


पाँचौ राष्ट्रिय हाप्किडो प्रतियोगिता प्युठानमा

सुजल श्रेष्ठ
प्युठान । पाँचौ राष्ट्रिय हाप्किडो प्रतियोगिता प्युठानमा शनिबारदेखि सञ्चालन भएको छ । माण्डवी गाउँपालिका-३ जस्पुर स्थित भुवनेश्वरी आधारभुत विद्यालयमा प्रतियोगिता सञ्चालन भएको हो ।

प्रतियोगिताको लुम्बिनी प्रदेशका सांसद हरि प्रसाद रिजालले उद्घाटन गर्नुभएको हो । प्रतियोगितामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका साथै देशका विभिन्न ठाउँबाट खेलाडी सहभागि भएका छन् ।

 

प्रतियोगिताको आयोजना नेपाल मार्शल आर्ट्स हाप्किडो संघ प्युठानले गरेको हो । प्रतियोगिताको लागि माण्डवी गाउँपालिकाले सहयोग गरेको छ ।

नेपाल मार्शल आर्ट्स हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालि बहादुर घर्तिमगरले तीनै तहका सरकारको सहयोगबाट यो खेल हाल ६० जिल्लामा विस्तार भएको बताउनुभयो । चौथौ प्रतियोगिता काठमाण्डौमा भएको जानकारी दिँदै उहाँले ग्रामीण क्षेत्रका खेलाडीहरुलाई समेत समेट्दै अघि बढेको बताउनुभयो । तीन दिनसम्म चल्ने प्रतियोगितामा ८ वटा समुहमा प्रतिस्पर्धा हुनेछ ।

 

माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले पालिकाले बालबालिकाको चौतर्फी विकासका लागि शिक्षासँग खेलकुद आवश्यक रहेको बताउनुभयो । उहाँले शिक्षा र खेल क्षेत्रको विकासका लागि पालिकाले प्राथमिकता दिँदै बजेट विनियोजन समेत गर्दै आएको बताउनुभयो ।

माण्डवी गाउँपालिकाका शिक्षा शाखा प्रमुख तुल्सी कार्कीले विद्यार्थीहरुको अतिरिक्त कृयाकलाप अन्र्तगत खेलकुद विषय समेत पर्ने भएकाले यस प्रतियोगिताले विद्यार्थी बालबालिकाको क्षमता विकासमा सहयोग पुग्ने बताउनुभयो । उहाँले प्रतियोगितामा पालिका भित्रका सवै विद्यालयबाट विद्यार्थीहरु सहभागी भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *