> राष्ट्रिय > प्यूठानका यातायात क्षेत्रबाट प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र


प्यूठानका यातायात क्षेत्रबाट प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

प्यूठान, ११ असार । प्यूठानका स्वर्गद्वारी गौमुखी, नमस्ते प्यूठान दुई यातायात प्रा.लि. र गौमुखी मजदुर यातायात समितिले जिल्ला प्रशासन कार्यालय प्यूठानमा प्रमुख जिल्ला अधिकारी खिमराज भुषाल समक्ष शुक्रवार ज्ञापन पत्र बुझाएका छन् ।

 

यातायात व्यवसायिबाट खोप उपलब्ध गराउने माग सहित देशभरबाट नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउने सन्र्दभमा प्यूठान पनि प्राप्त भएको प्रजिअले बताउनु भएको छ । नेपाल सरकारले नै खोप लगाउने मापदण्ड निर्धारण गरेको र ज्ञापन पत्र गृह मन्त्रालयमा पठाइ सकिएको समते प्रजिअ भुषालले बताउनु भयो ।

 

ज्ञापन पत्रमा कोरोना भाइरसले अन्य क्षेत्र जस्तै यातायात क्षेत्र पनि प्रत्यक्ष रुपमा थला परेको उल्लेख छ । कोरोना भाइरसको कारण विरामी हुनुभएकाहरुको लागि स्वास्थ्य कामना र मृत्यु हुनुभएकालाई श्रद्धाञ्जली अर्पण गरिएको छ ।

 

अग्रपन्तिमा रहेकाहरु सहित जोखिममा रहेको क्षेत्र तथा उमेर समुहलाई खोप उपलब्ध हुँदै गर्दा यातायात क्षेत्र पनि संवेदनशिल क्षेत्र भएकोले खोप उपलब्ध हुनेमा आशावादी रहेको उल्लेख छ । यातायात क्षेत्रमा काम गर्ने मजदुर, कर्मचारी तथा व्यवसायीहरु १२०० जना रहेकोले खोपको लागि सम्बन्धित निकायमा अनुरोध गरिदिन समेत प्रजिअ समक्ष अनुरोध गरिएको छ ।

 

संयुक्त ज्ञापन पत्रमा नमस्ते प्यूठान यातायात प्रा.लि.का अध्यक्ष लिलाप सिंह के.सी, गौमुखी मजदुर यातायात समितका अध्यक्ष प्रलादभक्त श्रेष्ठ र स्वर्गद्वारी गौमुखी यातायत प्रा.लि.का महासचिव कुमार श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *