> राष्ट्रिय > सडक दुर्घटना राेक्न प्रशासनलाई एमालेले गरायो ध्यानाकर्षण


सडक दुर्घटना राेक्न प्रशासनलाई एमालेले गरायो ध्यानाकर्षण

प्युठान । स्वर्गद्वारीमा हुने गरेको दुर्घटना न्यूनीकरण गर्न आवस्यक कदम चाल्न नेकपा एमाले प्युठानले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ ।

स्वर्गद्वारीमा हुने दुर्घटनाले आम नागरिकमा नकारात्मक असर पर्ने भएकाेले सडक सुधार एवम स्तरउन्नतिमा जिल्ला प्रशासनले नेतृत्व लिने र गतिविधिलाई प्रभाबकारी बनाई घटनालाई न्यूनीकरण गर्न पाँच बुदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

 

बर्सेनि कराैडाै रकम सडक विभिन्न कार्यलयमार्फत हुदा प्रभाबकारी कार्यान्वयन नगर्दा सडक सुधार हुन नसकेकाेमा यसलाई प्रभाबकारी बनाउनु पर्ने, सडक ऊकालाे ओरालाे, सागुराे र धेरै घुम्तीहरु भएकाेले प्रशासनले सडक सम्बन्धि सुचना सम्प्रेषण, यातायातका साधनहरुकाे गति एवम क्षमता चेकजाँच ट्राफिक मार्फत गरिनु पर्ने उल्लेख छ ।

 


साघुराे र छागा भएकाे ठाउमा रेलिङ बाल लगाउन, सडककाे बिच बिचमा पार्किङ एवम रिफ्रेस सेन्टर राख्नुपर्ने समेत ध्यानाकर्षण गराईएकाे छ । साथै जिल्लामा आईरहेका सार्वजनिक सबारी ,यातायातका साधनहरुकाे जनगुनासाे समेत सुनुवाइ गरी कार्यान्वयन गर्न ध्यानाकर्षण पत्रमा अनुरोध गरीएकाे छ ।

लुम्बिनी प्रदेश सभा सदस्य तुल्सिराम शर्मा, एमाले प्रदेश कमिटी सदस्य मधुर शर्मा, जिल्ला कमिटी अध्यक्ष बिजय बिराज बिष्ट, सचिब माधब शर्मा, सचिवालय सदस्य पशुपति नारायण नकर्मी, रामचन्द्र केसि लगायतकाे उपस्थितिमा प्रमुख जिल्ला अधिकारी मदन काेईरालालाई ध्यानाकर्षण पत्र बुझाईएकाे हाे ।

पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कोइरालाले अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम शुरु गर्ने बताउनुभयो । यो सडकलाई संघीय सरकार मातहत लैजान सिफारिस भएको समेत उहाँले जानकारी गराउनुभयो । हाल उक्त सडक प्रदेश मातहत रहेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *