> राष्ट्रिय > प्युठान अस्पतालको अध्यक्षमा बिजय बिराज बिष्ट नियुक्त


प्युठान अस्पतालको अध्यक्षमा बिजय बिराज बिष्ट नियुक्त

प्युठान । प्युठान अस्पताल बिजुवार प्युठानको ब्यबस्थापन समितिको अध्यक्षमा बिजय बिराज बिष्ट नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश सरकाले रिक्त रहेको प्युठान अस्पतालको अध्यक्षमा बिष्टलाई नियुक्त गरेको हो ।

 

अध्यक्ष बिष्ट नेकपा(एमाले) प्युठानका अध्यक्ष हुनुहुन्छ । प्रदेश सरकारले ब्यबस्थापन समिति सदस्यमा राधिका खड्कालाई नियुक्त गरेको छ ।

 

प्युठान अस्पताल लामो समयदेखि व्यबस्थापन समिति अध्यक्ष बिहिन थियो । नेकपा माओवादी केन्द्रका नेता पित बहादुर महतरा झिमरुक गाउँपालिकाको अध्यक्ष निर्वाचित भएदेखी पद रिक्त भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *