राष्ट्रिय

नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुग्यो

प्यूठान, ३० वैशाख । नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ ।

राष्टिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौको प्रयोगशालामा गरिएको परिक्षण अनुुसार मंगलवार साझ थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिर कुमार अधिकारीले जानकारी दिनुभयो ।यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको हो ।

आज देखिएका संक्रमित २६ जना मध्ये १८ जना पर्साका, २ जना महोत्तरीका, २ जना धनुषाका, २ जना भक्तपुरका, १ जना काठमाडौँका र १ जना सर्लाहीका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनिहरु स्वास्थ्यकर्मिको सम्पर्कमा रहेका छन् ।

यसअघि आज दिउसो ५७ जनामा कोरोना संक्रमित भेटिएका थिए ।

Related Articles

Back to top button