> राष्ट्रिय > निजामती सेवा ऐन नबन्दा अन्यौल : महासचिव गौतम


निजामती सेवा ऐन नबन्दा अन्यौल : महासचिव गौतम

प्यूठान। निजामति सेवा ऐन नबन्दा कर्मचारीहरुको चौतर्फि विकासमा बाधा पुगेको नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय महासचिवव रेवन्त गौतमले बताउनुभएको छ ।

 

बिहिवार जिल्ला कार्य समिति प्यूठानले विजुवारमा आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले ऐन नबन्दा कर्मचारीहरुको सरुवा, बढुवा, सेवासुविधा लगायतमा गम्भिर असर परेको बताउनुभयो ।

‘कर्मचारी सरकार संचालनका स्थायी सरकार हुन् ।’ ,उहाँले भन्नुभयो, ‘नयाँ संरचनामा पुरानै ऐनबाट कर्मचारी संचालित हुनु दुःखद् हो ।’ तत्कालिन सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको कार्यकालमा निजामती सेवा ऐनको मस्यौदा बनेपछि संसदीय समितिले संसद सचिवालयमा पेश हुन नसक्दा ऐन लागु हुन नसकेको उहाँको भनाई थियो ।

 

राज्यको पुर्नः संरचना पनि तीन तहका सरकार संचालनमा छन् । संघीय सरकारले निजामती सेवा ऐन बनाउन नसक्दा प्रदेश र स्थानीय तहमा समेत अन्यौता सिर्जना भएको छ । अझै पनि निजामती सेवा ऐन २०४९ कार्यान्वयनमा हुँदा वर्तमान परिवेशसँग नमिल्ने भएकाले दुविधा सिर्जना भएको महासचिव गौतमको भनाई थियो । संगठनले निरन्तर यस विषयमा पैरवी गर्दै आएको समेत उहाँले सुनाउनुभयो ।

 

जनताको सेवकको रुपमा कर्मचारी : अध्यक्ष विष्ट

राजनीतिले जनताका आवाजलाई नीतिगत सम्वोधन गर्छ भने त्यसको प्रभावकारी कार्यान्वयन कर्मचारीले गर्नुपर्ने नेकपा एमाले प्यूठानका अध्यक्ष विजयविराज विष्टले बताउनुभयो । जनताको सेवकको रुपमा सहज सेवा प्रवाह गर्न उहाँले कर्मचारीहरुलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा विशेष अतिथिको आसनबाट बोल्दै उहाँले स्थायी सरकार नहुँदा कर्मचारीका समस्या समाधान हुन नसकेको उहाँले बताउनुभयो । ‘स्थायी, अस्थायी, करारका कर्मचारीहरुको वेग्ला–वेग्लै समस्या छन् ।’ ,उहाँले भन्नुभयो, ‘कर्मचारीहरुको उचित व्यवस्थापन गर्दै प्रोत्साहनका कार्यक्रम आवश्यक छ ।’ कर्मचारीहरुको चरित्रले राजनीतिज्ञको भूमिकामा समेत प्रभाव पार्ने भएकाले सहि सेवा प्रवाह गर्न उहाँको सुझाव थियो ।

 

गौतमलाई सम्मान कार्यक्रमको अवसर पारेर नेकपा (एमाले) प्यूठानले महासचिव गौतमलाई सम्मान गरेको छ । पार्टीको कार्यालय रहेको शहिद उमेशचन्द्र स्मृति प्रतिष्ठान भवन निर्माणमा उल्लेख्य योग्दान पु¥याएको भन्दै पार्टीका नवनिर्वाचित अध्यक्ष विष्ट सहित उपाध्यक्ष झगबहादुर विश्वकर्मा, सचिव माधव शर्मा, उपसचिव श्रीधर रोकाले उहाँलाई सम्मान गर्नुभएको हो ।

 

विजुवारमा प्रतिष्ठानको भवन निर्माणका लागि जग्गा प्राप्तिदेखि डिजाइन, स्टमेट, सुपरिभिजन लगायतका प्राविधिक कार्यमा गौतमले महत्वपूर्ण सहयोग गर्नुभएको पार्टी अध्यक्ष विजयविराज विष्टले बताउनुभयो । संगठन जिल्ला कार्य समितिका अध्यक्ष हरि पौडेलको अध्यक्षता, सचिव सागर पण्डितको संचालनमा भएको कार्यक्रममा स्वागत मन्तव्य केन्द्रिय प्रतिनिधि पुरनचन्द्र आचार्यले राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *