प्यूठान । नेपाल कम्युनिष्ट पार्टी प्यूठानले मल्लरानी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई जनकारवाही गरेको जनाएको छ । घटनापछि विज्ञप्ती जारी गर्दै विभिन्न १० कारण सहित पार्टीले जनकारवाही गरेको उल्लेख गरेको छ ।

विकृति, विसंगति, भ्रष्टाचार तथा अनियमितता विरुद्ध निरन्तर संघर्ष गरिहेको बताउँदै त्यस्ता क्रियाकलाप नगर्न र गरेमा जनस्तरबाट कारवाही गर्ने चेतावनी समेत दिएको छ ।
