> राष्ट्रिय > विश्व रक्तदाता दिवस : प्युठानमा रक्तदान गरियो


विश्व रक्तदाता दिवस : प्युठानमा रक्तदान गरियो

माण्डबि । विश्व रक्तदाता दिवसको अवसरमा प्युठानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाज प्युठानले माण्डबि गाउँपालिकामा रक्तदान कार्यक्रम गरेको हो ।

 

माण्डबि गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम गरिएको अध्यक्ष प्रल्हादभक्त श्रेष्ठले जानकारी दिनुभयो । ४३ पोका रगत संकलन गरी नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र रुपन्देहीमा पठाइएको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाज प्युठानले जिल्लामा बिरामीलाई आवश्यक पर्ने रगत उपलब्ध गराउन महत्त्वपूर्ण भुमिका खेलेको छ । जिल्ला बाहिर विभिन्न ठाउँमा रगत आवश्यक परेमा रक्तदाता समाजले समन्वय र सहयोग गर्ने गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । ‘जिल्लाबाट रिफर भएर बिरामी जान्छन्,’ उहाँले भन्नुभयो,’उनीहरूको लागि पनि रगत ब्यबस्थापन गर्छौं ।’

 

गाउँपालिका अध्यक्ष नमराज अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *