> राजनीति > अनेरास्ववियु प्यूठान एकता प्रक्रियामा पुर्णता


अनेरास्ववियु प्यूठान एकता प्रक्रियामा पुर्णता

प्युठान, १ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले प्यूठानमा पुर्णता पाएको छ ।
शुक्रवार कमिटीको एकता सम्पन्न गर्न बसेको कार्यालयको बैठकको जिल्ला पार्टि विद्यार्थी इन्चार्ज प्रमोद खड्का, अनेरास्ववियुका केन्द्रिय सदस्य द्वय सुमन श्रेष्ठ र बिनोद भण्डारी, जिल्ला संयोजक जाल बहादुर के सी र सह(संयोजक पुष्कर शर्माको संयुक्त उपस्थितमा कमिटिले पुर्णता पाएको हो ।

बैठकले ५१ सदस्यीय जिल्ला समिती बनाउने निर्णय गरेको सहसंयोजक पुष्कर शर्माले जानकारी दिनुभयो ।
बैठकले ७ सदस्यीय कार्यालय टिम र १७ सदस्यीय सचिवालयको टिम बनाएको छ । त्यसैगरी, ९ वटा स्थानीय तहमा पनि संयोजक र सह(संयोजकको टुङ्गो लगाएको सहसंयोजक शर्माले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *