प्यूठान –दाङका १५ सहित एकैदिनमा ११४ जना कोरोना संक्रमित थपिएका छन् ।
बुधवार थप ११४ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमित सबै क्वारेन्टाइनमा रहेका छन् । हालसम्म नेपालका ४७ जिल्लामा कोरोनाको संक्रमण फैलिसकेको छ ।
यससंँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ । जसमध्ये १८३ जना कोरोना निको भएर घर फर्किसकेका छन् । यस्तै ४ जनाको कोरोना कै कारण मृत्यु भइसकेको छ ।
