> स्थानीय सरकार > प्यूठान नगरपालिकाको चौमासिकमा भौतिक प्रगति १.३५ प्रतिशत मात्र


प्यूठान नगरपालिकाको चौमासिकमा भौतिक प्रगति १.३५ प्रतिशत मात्र

अनुज पछाई
प्यूठान । प्यूठान नगरपालिकाको आब २०७८/०७९ को प्रथम चौमासिक प्रगति समिक्षा कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

कार्यक्रममा प्यूठान नगरपालिकाका योजना शाखा प्रमुख चन्द्र बहादुर जिसीले पहिलो चौमासिकमा भएका बिकास निर्माण गतिबिधि समेटिएको प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिबेदनमा नगरपालिकाको प्रथम चौमासिकमा भौतिक प्रगति १.३५ प्रतिशत मात्र देखिएको छ ।


कालिका बिकास केन्द्र नेपाल बिजुवारको सभाहलमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका उपप्रमुख पदम बहादुर थापाले नगरपालिकाको प्रथम चौमासिकको भौतिक प्रगति न्युन भएपनि सन्तोषजनक नै भएको बताउनुभयो । उहाँले अबको दिनमा बिकास निर्माणको कार्यलाई तीब्रता दिनको लागी नगरपरिवार लागी पर्नेमा बिस्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख अर्जुन कुमार कक्षपतिले । बिकास निर्माणका कार्य सम्पन्न भएतापनि अनुगमन हुन नसक्दा भुक्तानि रोकिएकाले भौतिक प्रगति न्युन देखिएको नगरप्रमुख कक्षपतिको भनाई थियो ।


नगरप्रमुख कक्षपतिले चौमासिक भित्र महतवपूर्ण कार्य सम्पन्न गरेको दाबि गर्नुभयो । जेष्ठ नागरिककको निशुल्क आखाँ उपचार, सुत्केरीसंग नगरपालिका कार्यक्रम लगायतका कार्यक्रम प्रभाबकारी रुपमा अगाडी बढेको नगरप्रमुख कक्षपतिले बताउनुभयो ।

 

कार्यक्रममा नेकपा एमालेका नगर कमिटी सचिब आकाश भण्डारी, रास्ट्रीय जनमोर्चा नगर अध्यक्ष कृष्णभक्त गिरी, पत्रकार महासंघ प्यूठानका अध्यक्ष सञ्जय रिजाल, पूर्ब अध्यक्ष गीरु प्रसाद भण्डारी लगाएतले मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन प्यूठान नगरपालिकाका सब इन्जिनियर दिनेश केसीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *