दीपेन्द्र सुनार
झिमरुक । घर जग्गाको कर तिर्न वडा कार्यालय धाउन नपर्ने भएको छ । झिमरुक गाउँपालिका-१ का वडावासीले आफ्नै टोल बस्तीबाट कर तिर्न पाएका छन ।
वडा कार्यालयले राजश्व संकलन गर्न अभियान चलाएर बस्ती बस्तीमा पुगेको छ । स्थानीयको सहजताको लागि जनप्रतिनिधि र कर्मचारीको टोली गाउँमा पुगेको वडा अध्यक्ष धुर्ब्रराज खनालले बताउनुभयो ।
वडा नम्बर १ को बिडडाडा, कोइलीखोला, लाकुरीरुखका बस्तीहरुको राजस्व संकलन गरिने अध्यक्ष खनालको भनाई छ।