प्यूठान । गौमुखी गाउँपालिकाको आयोजनामा पुजा स्वास्थ्य चौकी लिवासेमा निशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिबिर हुनेभएको छ ।
स्वास्थ्य कार्यालयको समन्वयमा र प्यूठान अस्पतालको प्राबिधिक सहयोगमा जेठ १८ गते स्वास्थ्य शिबिर हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम पौडेलले जानकारी दिनुभयो ।
मानसिक स्वास्थ्य समस्या भएका, निन्द्रा नलाग्ने, एकोहोरो हुने र आत्महत्याको प्रयास गर्ने, विद्यालयमा Conversion Disorder भैइ स्वास्थ्य समस्या भएका ब्यत्तिहरुले विशेषज्ञ सेवा लिने गाउँपालिकाले जनाएको छ ।
