> राष्ट्रिय > प्यूठान महोत्सव : कृषि मेला प्रर्दशनीमा उत्कृष्ट कृषक छनौट


प्यूठान महोत्सव : कृषि मेला प्रर्दशनीमा उत्कृष्ट कृषक छनौट

प्यूठान । स्वर्गद्वारी प्यूठान पाँचौ महोत्सव-२०७९ मा आयोजित कृषि मेला प्रर्दशनीमा विधागत रुपमा प्रर्दशनीमा सहभागी कृषकलाई पुरस्कार प्रदान गरिएको छ । एकीकृत कृषि तथा पशुपंछी कार्यालय प्यूठानले विधागत रुपमा उत्कृष्ट कृषक छनौट गरेको हो ।

 

खाद्यान्न बाली तर्फ प्रथम उमा पोख्रेल (गहुँ) , दोश्रो शसिधर पण्डित (गहुँ), तेश्रो भिमा पण्डित (गहुँ) र सान्त्वना दिन बहादुर राउत (मकै) हुनुभएको छ ।
फलफूल बाली तर्फ प्रथम नरेन्द बहादुर मल्ल (किवी), दोश्रो सावित्रा रेग्मी (सुन्तला), तेश्रो गोवर्धन थापा मगर (किवी), सान्त्वना दिन बहादुर जिसी (पेपिनो मिलोन) हुनुभएको छ ।

 

तरकारी बाली तर्फ प्रथम भुव बहादुर धामी(बन्दा), दोश्रो मुक्ति पोख्रेल(टमाटर), तेश्रो पवित्रा धामी (मुला) र सान्त्वना जागेश्वर घर्ति मगर (केराउ) हुनुभएको छ ।
नगदे तथा औद्योगिक बाली तर्फ प्रथम शन्त बहादुर अधिकारी (अदुवा), दोश्रो ठाडोखोला एकीकृत कृषि समुह (अदुवा), तेश्रो माधवी घर्ती मगर (बेसार) र सान्त्वना बिमला काकी (हलेदो) हुनुभएको छ ।

 

आलु बाली तर्फ प्रथम शिव बहादुर विश्वकर्मा (प्यूठान नगरपालिका-९), दोश्रो कुलराज न्यौपाने (प्यूठान नगरपालिका-८), तेश्रो नवराज पण्डित (प्यूठान नगरपालिका-८) र सान्त्वना बेगमा पण्डित (प्यूठान नगरपालिका-८) हुनुभएको छ ।

माछा तथा हाँस तर्फ प्रथम भोज बहादुर बस्नेत (माछा), दोश्रो दिन बहादुर जिसी (माछा) हुनुभएको छ । विविध तर्फ प्रथम यम बहादुर बुढाथोकी (मह), दोश्रो नरेश्वर जैशी (घर तरुल), तेश्रो अमर घर्ति (ग्राउण्ड एप्पल)र सान्त्वना कुवेर भण्डारी (मह) हुनुभएको छ । अरु थप १९ जना कृषकले सान्त्वना पुरस्कार प्राप्त गरेको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *