> पर्यटन > झाँक्रिस्थानमा थपिदै संरचना : स्वर्गीय आमाको सम्झनामा श्रेष्ठ दम्पतीले बनाउँदै भान्साघर


झाँक्रिस्थानमा थपिदै संरचना : स्वर्गीय आमाको सम्झनामा श्रेष्ठ दम्पतीले बनाउँदै भान्साघर

प्यूठान । मल्लरानी गाउँपालिकाको धार्मिक तथा पर्यटकीय स्थल झाँक्रिस्थान मन्दिर परिसरमा ‘पिकनिक स्पट’का लागि संरचना थपिदै गएको छ । सरकारी, गैरसरकारी तथा व्यक्तिगत रुपमा विभिन्न संरचना निर्माण कार्य अघि बढेपछि ‘पिकनिक स्पट’को रुपमा समेत विकास हुँदै गएको छ ।

 


पछिल्लो समय सदरमुकाम खलंगा निवासी टुम्ला श्रेष्ठ र सन्तोष कुमार श्रेष्ठले भान्साघर निर्माण कार्य शुरु गर्नुभएको हो । स्वर्गीय तुलसीदेवी श्रेष्ठको सम्झनामा छोरीज्वाई श्रेष्ठ दम्पतीले तिर्थयात्री र पर्यटकलाइ लक्षित गरि भान्साघर निर्माण थालेको बताउनुभयो । हाल काठमाण्डौमा बस्दै आउनुभएका श्रेष्ठ दम्पतीले नियमित रुपमा सामाजिक कार्य गर्दै आउनुभएको छ ।

श्रेष्ठ दम्पतीले कात्तिक ५ गते खलंगा सरोकार समुह मार्फत भान्साघर निर्माण गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । सरोकार समुहले खलंगाको विकासका लागि विभिन्न पहल गर्दै आएको संयोजक मनोज कुमार श्रेष्ठले बताउनुभयो । विशेषगरी खलंगाको विकासका लागि समुहले पैरवीको काम गरिरहेको उहाँले जानकारी दिनुभयो । त्यसको साथसाथै सहयोग र समन्वयकारी भुमिका समेत निर्वाह गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *