प्यूठान, १८ भदौं । कोरोना भाईरस (कोभिड १९)को संक्रमण नियन्त्रण तथा रोकथामका लागि जारी गरिएको निषेधाज्ञा परिमार्जन सहित थप एक साता लागु हुने भएको छ । बन्दाबन्दीको यो समय अव भदौं २५ गतेसम्म जारी रहनेभएको छ ।
आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी)ले विहान र साँझ तीन/तीन घण्टा सबै प्रकारका व्यापार व्यवसाय खोल्ने निर्णय गरेको हो ।
विहान ७ बजेदेखि १० बजेसम्म र साँझ ४ देखि ७ सवै प्रकारका व्यवसाय संचालन गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले जानकारी दिनुभयो ।
समितिले स्वास्थ्य मापदण्ड पुरा गर्दै अनावश्यक हिडडुल नगर्न आग्रह समेत गरेको छ । यस अवधिमा नीजि तथा सार्वजनिक सवारी सधान पूर्ण रुपमा बन्द हुनेछन् ।
भदौं १२ गतेदेखि जारी बन्दाबन्दीको समय आज राती १२ बजेदेखि सकिन लागेको थियो ।