> समाज > प्रतिगामी शक्तिका विरुद्ध एकजुट हुन अखिल(छैठौं)को आह्वान


प्रतिगामी शक्तिका विरुद्ध एकजुट हुन अखिल(छैठौं)को आह्वान

प्यूठान २६ मंसिर । अखिल (छैठौं) प्यूठानले बर्तमान सरकारको राजनीतिक अपरिपक्वताका कारण प्रतिगामी शक्तिहरुको चलखेल वढेकोमा ध्यानाकर्षण गराएको छ । शुक्रवार प्रेस विज्ञप्ती सार्वजनिक गर्दै प्रतिगामी शक्तिको चलखेल वढ्दै गएकाले त्यसका विरुद्ध अग्रगमनपक्षधरहरु एकजुट भई संघर्ष गर्न आग्रह गरिएको छ ।

जिल्ला अध्यक्ष चोप वहादुर विकद्धारा हस्ताक्षिरित विज्ञप्तीमा भनिएको छ, ‘गणतन्त्र र धर्म निरपेक्षताका विरुद्धमा हमला भैरहेका छ । यसलाई हल्कारुपले लिनु गम्भीर प्रकारको गल्ती र घातक हुने छ । यो अवस्थामा गणतन्त्र र धर्म निरपेक्षताका लागि अग्रगामी शक्तिहरु सचेत र संगठित भई प्रतिगामी शक्तिका विरुद्धमा सघर्ष गर्नु आजको प्रमुख आवश्यकता हो ।’

 

देशमा अस्वभाविक वैदेशीक चलखेलका साथै सिमा अतिक्रमणसमेत वढ्दै गएकोले सवैपक्षले यसका विरुद्ध खवरदारी गर्न विज्ञप्ती मार्फत आह्वान गरिएको छ । संघियताका विरुद्धमा संगठनले विगतदेखिनै संघर्ष गर्दै आएको स्मरण गराउँदै विज्ञप्तीमा संघिय संरचनाका दुष्परिणामहरु देखा परिसकेको उल्लेख गरिएको छ । ‘संघियता आर्थिक वोझको रुपमा सावित भईसकेको छ’, विज्ञप्तीमा भनिएको छ, ‘प्रादेशिक संरचना खारेजी गर्दै राष्ट्रियताको रक्षाका लागि जुट्नु अहिलेको आवश्यकता छ।’

 

कोभिड–१९ का कारण विद्याथीृहरुको पढाई अस्तव्यस्त भएको प्रति दुख व्यक्त गर्दै सरकारले सही नीति नलिदा शैक्षिक क्षेत्रमा गम्भीर र दीर्घकालिन क्षति व्यहोर्नु परेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *