प्यूठान । मल्लरानी गाउँपालिका वडा नम्वर ४ गुठकसेरी निवासी खलाने दमाईको कात्तिक २६ गते घर नजिकैको भीरबाट लडेर खुट्टा भाँचियो । ६५ वर्षीय दमाईको दाहिने खुट्टा भाँचिएपछि उपचारका लागि समस्या भयो ।
खलाने दमाईको उपचारका लागि खलंगा सरोकार समुहले गरेृको प्रयास सफल भएको छ । डाक्टर राजेन्द्र पौडेलको विशेस सहयोग तथा समन्वयमा उहाँको निःशुल्क शल्यक्रिया भएको समुहका संयोजक मनोज कुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार उहाँको गण्डकी अस्पताल पोखरामा निःशुल्क शल्यक्रिया भएको छ ।
डाक्टर झपिन्द्र पोख्रेल नेतृत्वको शल्यक्रिया टिममा डाक्टर अनिल पोख्रेल, डाक्टर निरन्जन अर्याल, डाक्टर विजय परियार, डाक्टर राजेन्द्र पौडेल, डाक्टर अरविन्द कुमार शाहर डाक्टर शतिस विजुक्छे संलग्न रहनुभएको थियो ।
शल्यक्रियापछि दमाईको डिस्चार्ज समेत भएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो । उहाँको उपचारका लागि विभिन्न व्यक्तिले स्वतस्फूर्त सहयोग समेत गरेका छन् ।
खलंगा सरोकार समुहले विभिन्न सामाजिक कार्यमा विभिन्न अभियान चलाउँदै आएको छ ।
