प्यूठान । पछिल्लो तीन महिनामा प्यूठानबाट १ हजार २८८ नागरिकता जारी भएको छ । १ हजार १५ वटा नागरिकता प्रतिलिपि जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय प्यूठानका अनुसार साउनदेखि असोज महिनासम्म बंशजका आधारमा नागरिकता जारी भएको हो । एउटा नागरिकता आमाको नामबाट जारी भएको छ ।
यसै अवधिमा ८४६ वटा तयार राहदानी (पासपोर्ट) वितरण गरिएको छ । कार्यालयबाट १ हजार ११३ वटा पासपोर्ट अनलाईन दर्ता गरी सिफारिस गरिएको छ । राहदानीबाट ७८ लाख ८७ हजार ५०० रुपैंया राजश्व संकलन भएको छ ।
तीन महिनाकै अवधिमा ४ हजार ५९९ राष्ट्रिय परिचयपत्र दर्ता भएको छ भने ४६६ परिचयपत्र वितरण गरिएको छ । प्रशासन कार्यालयमा दर्ता भएका १७ वटा मुद्धा मध्ये १४ वटा फछ्र्याैट गरिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताउनुभयो ।
