> समाज > प्यूठानमा थप ४७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २५८ पुग्यो


प्यूठानमा थप ४७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २५८ पुग्यो

प्यूठान, १३ असार । प्यूठानमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहिमा शुक्रवार साझ गरिएको परिक्षण प्यूठानका ४७ जना नया संक्रमित भेटिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । संक्रमित माण्डबी गाउँपालिकाका ३७ जना, झिम्रुक गाउँपालिकाका ७ जना र नौवहिनि गाउँपालिकाका ३ जना रहेका छन् । संक्रमित १७ वर्षदेखि ६० वर्षसम्मको ४४ पूरुष र ३ महिला रहेका छन् ।

झिम्रुक गाउँपालिकामा पहिलो पटक कोराना संक्रमण भेटिएको हो । यससँगै प्यूठानको सबै स्थानिय तहमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ जसमध्ये २ जना निको भएर घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!