प्यूठान, ८ मंसिर । नेपाली कांग्रेस प्यूठानको सभापतिमा विष्णुकुमार गिरी निर्वाचित हुनुभएको छ ।
गएराति अवेर सम्पन्न मतगणनामा ७२ को मतान्तरमा विजयी हुनुभएको नवनिर्वाचित पार्टी सचिव टोपाराम कालाथोकीले जानकारी दिनुभयो ।
गिरीले ५६६ मत सहित सभापति पदमा निर्वाचित हुनुभएको हो । प्रतिद्धन्द्धी शिवराज रिजालले ४९४ मत पाउनुभयो ।
११०९ मतदाता मध्य कुल १०६३ मत खसेको थियो ।
असुर ग्याँस प्रहार
मतगणनाको अन्तिम चरणमा मतगणना स्थलमा केहिवेर तनावग्रस्त भएको थियो । दुवै पक्षका समर्थकहरुको भिडभाडका कारण असहज परिस्थिति सिर्जना भएको थियो ।
भिड नियन्त्रणमा लिन प्रहरीले ७ राउण्ड असुर ग्याँस प्रहार गरेको थियो ।
घटनामा केहि युवाहरु घाईते समेत भएका छन् ।
