> राष्ट्रिय > युराेपमा नेपाली सस्कृतीको जगेर्ना गर्दै मनाइयाे म्ह पुजा


युराेपमा नेपाली सस्कृतीको जगेर्ना गर्दै मनाइयाे म्ह पुजा

दीपक भण्डारी
लिस्वन, पाेर्तुगल । आफ्नाे कला र संस्कृतिकाे जगेर्ना गर्दै पाेर्तुगलमा रहेका नेवार समुदायले नेपाल सम्वत् ११४५ र सामुहिक म्ह पुजा मनाएका छन् । लिस्वनकाे आराेइसमा रहेकाे ग्रिल एण्ड चिल्ड रेष्टुरेन्टमा नेवार संस्कृति अनुसार भएकाे म्ह पुजामा नेवार समुदायका एक सय जना भन्दा बढिको सहभागिता रहेकाे थियाे ।

 

आफ्नाे शरिरलाई आफैले निराेगिता र राेकिएका काम पूरा हाेस् भनेर म्ह पुजा गर्ने चलन रहेकाे नेवा: ख:ल, पाेर्तुगलका अध्यक्ष राजेशमान जाेशीले जानकारी दिनुभयो । “आत्मालाई मण्डपमा राखेर विधिपुर्वक पुजा गर्ने नेवारी अनुसार म्ह पुजा गर्ने चलन रहेकाे छ” उहाले भन्नुभयो “हामीले पनि त्यहि प्रचलनलाई प्रवासमा पनि निरन्तरता दिने प्रयास गरेका हाैं ।”

 

युराेपमा पहलाे पटक आयाेजना गरिएकाे म्ह पुजाका संयाेजक अमृतरत्न शाक्यले संस्कृतिकाे जगेर्ना गर्ने उद्देश्यले प्रवासमा गरिएकाे कार्यक्रमबाट आफु हाैसिएकाे बताउनुभयो । “पहिलाे पटक गरिएकाे पुजामा भएकाे सहभागीताले निकै खुशी लागेकाे छ” उहाले भन्नुभयो “नेपालीहरू जहाँ भएपनि आफ्नाे संस्कृतिलाई भुल्न सक्दैनन् भन्ने याे गतिलाे उदाहरण हाे ।”

 

नेवा: ख:ल पाेर्तुगलले यसभन्दा अघि विस्केटजात्रा पनि मनाएकाे जानकारी दिदैं आजकाे याे म्ह पुजा पनि भव्य हुन गएकाेका ग्रिन एण्ड चिल्डका संचालक सुमेश श्रेष्ठले पनि खुशी व्यक्त गर्नुभयो । “आफ्नाे जन्मे हुर्केकाे बेला देखि आएकाे चलनलाई आत्मसाथ गर्न पाउँदा काे खुशी हुदैन र” उहाले भन्नुभयो “प्रवासमा पनि यसरी आफ्नाे संस्कृति अगाल्न पाउँदा निक्कै खुशि लागेकाे छ ।”

 

एक वर्ष अगाडि स्थापना भएकाे नेवा: ख:ल, पाेर्चुगलले अब आफ्नाे संस्कृतिकाे जर्गेना गर्नका लागि निरन्तर प्रयास गर्ने प्रतिवद्ता पनि कार्यक्रममा व्यक्त गरिएकाे थियाे ।

 

यसैगरि पाेर्तुगलमा रहेकाे विभिन्न नेपाली समुदायले परम्परालाई निरन्तरता दिदैं देउसीभैलाे पनि खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *