> राष्ट्रिय > कांग्रेस सभापति पदमा दुई पालिका अध्यक्षबीच प्रतिस्पर्धा


कांग्रेस सभापति पदमा दुई पालिका अध्यक्षबीच प्रतिस्पर्धा

३ गते क्षेत्रीय अधिवेशन, ६ गते जिल्ला अधिवेशन

प्यूठान । नेपाली कांग्रेस प्युठानको आसन्न जिल्ला अधिवेशनमा सभापति पदका लागि दुई पालिका अध्यक्षबीच प्रतिस्पर्धा हुने भएको छ । यहि मंसीर ६ गते तय भएको जिल्ला अधिवेशनका लागि दुई गाउँपालिका अध्यक्षले उम्मेदवारी घोषणा गरेका हुन ।

नौबहिनी गाउँपालिका अध्यक्ष शिव रिजाल र गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले उम्मेदवारी घोषणा गर्दै प्रचारप्रसारमा लाग्नुभएको छ । रिजाल पार्टीको पूर्व सचिव हुनुहुन्छ भने गिरी वर्तमान समितिको सचिव रहनुभएको छ । प्यूठानसमाचारसँगको कुराकानीमा दुवै उम्मेदवारले आफ्नो उम्मेदवारी पक्का भएको र प्रचारप्रसारमा हिडेको बताउनुभएको छ ।

जिल्लामा वडा तथा पालिका अधिवेशन सम्पन्न भइसकेको छ । क्षेत्रिय अधिवेशन यहि मंसिर ३ गते हुन लागेको छ । दुवै उम्मेदवार अहिले प्रचारप्रसार र नेता कार्यकर्ता भेटघाटमा व्यस्त रहेका छन् । जनस्तरमा कार्यकर्ताले भने सहमतिमा नेतृत्व चयन हुनुपर्ने बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *