> समाज > नेपाली कांग्रेसको कोरोना अनुगमन समितिसंग महासंघकाे छलफल 


नेपाली कांग्रेसको कोरोना अनुगमन समितिसंग महासंघकाे छलफल 

साउन ५, काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना भाइरस ले नेपाली सञ्चार क्षेत्रमा पारेको असरबारे नेपाली कांग्रेसको कोरोना अनुगमन समितिसंग छलफल सम्पन्न गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले कोरोना भाइरसका कारण दुईहजार भन्दा पत्रकारले रोजगारी गुमाउनुपरेको तथा सातसय भन्दा बढि सञ्चारमाध्यम बन्द भएको बताउनुभयो । उहाँले कोरोना महामारीको कारण देखाउदै नाफामा रहेका सञ्चारगृहले समेत पत्रकारलाई रोजगारबाट बञ्चित गर्ने श्रम शोषण गरेको भन्दै त्यसका बिरुद्ध महासंघले कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
नेपाली कांग्रेसका सहमहामन्त्री एवम् कोरोना अनुगमन समितिका संयोजक तथा डा.प्रकाशशरण महतले पत्रकारलाई पेशाबाट बञ्चित गरिएकोप्रति नेपाली कांग्रेसको गम्भीर आपत्ति रहेको बताउनुभयो । उहाँले पत्रकार जनताको पिर मर्का उजागर गर्न तथा सरकारको अनियमितता सार्वजनिक गर्ने कार्य सदैब लागिरहेको हुँदा पत्रकारको समस्या समग्र देशको समस्या रहेको बताउनुभयो । उहाँले पत्रकारको पेशागत सुनिश्चितताका लागि सरकार तथा सम्बन्धीत संचारगृहले गम्भीरतापूर्वक लिनपर्नेमा जोड दिनुभयो ।
महासंघका पूर्व सभापति हरिहर विरहीले लोकतन्त्रमा जननिर्वाचित सरकारको नेतृत्वबाट नै पत्रकारलाई निरुत्साहित गर्ने काम भएको भन्दै दुख व्यक्त गर्नुभयो । उहाँले विस्थापित पत्रकार तथा सञ्चारगृहलाई संरक्षण गर्ने सरकारको कुनै चासो नदेखिएको बताउनुभयो ।
नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले पत्रकारिता क्षेत्र बाहिरबाट हेर्दा आकर्षकको पेशा जस्तो देखिएको भएतापनि कोरोनाका कारण यो पोशामा गम्भीर संकट देखिएको बताउनुभयो । उहाँले केही संचारगृहले पत्रकारलाई पेशाबाट बञ्चिर गरेको भन्दै पत्रकारको रोजिरोटिका लागि आन्दोलन गर्न बाध्य भएको बताउनुभयो । उहाँले कोरोना भाइरस महामारीका अवस्थामा राज्यले पत्रकार तथा संचार क्षेत्रका संरक्षणका लागि कुनै पहल नगरेको भन्दै दुख व्यक्त गर्नुभयो ।
नेपाल प्रेस यूनियनका अध्यक्ष बद्रि सिग्देलले पत्रकारका कारण संचार संचालकहरु विगता ठुलो धन राशि जोड्न सफल भएको भन्दै कोरोनाको बाहानामा पत्रकारलाई पेशाबाट निश्काशन गर्नु अत्यन्तै दुखत रहेको बताउनुभयो । उहाँले पत्रकारका समस्याप्रति सरकारले गम्भीर चासो दिई साचारमाध्यमलाई व्यवस्थित गर्ने उपयुक्त समय रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *