प्यूठान, २५ बैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्तीका अवसरमा बुद्ध मुर्ति माल्यार्पण गर्नुभएको छ ।
२५६४ औं बुद्ध जयन्तीका अवसरमा उहाँले प्रधानमन्त्री निवास बालुवाटरमा रहेको बुद्धमुर्तिमा माल्यार्पण गर्नुभएको हो ।
बुद्ध जयन्तीका अवसरमा यस वर्ष औपचारिक कार्यक्रम गर्न नसकिएको भन्दै आज साँझ ७ बजे दिपावली गर्न आग्रह समेत गर्नुभएको छ ।
