> राजनीति > जिल्ला समन्वयले बढीभन्दा बढी अनुगमनमा जोड दिनुपर्छ : सांसद थापा


जिल्ला समन्वयले बढीभन्दा बढी अनुगमनमा जोड दिनुपर्छ : सांसद थापा

प्युठान । प्रतिनिधि सभा सदस्य सूर्य थापाले जिल्लाको समग्र विकासको कामलाई अघि बढाउन जिल्ला समन्वय समितिले आफ्नो भूमिका बढाउनुपर्ने बताउनुभएको छ । पाँचौ जिल्ला सभाको उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथी थापाले जिल्ला भित्रका स्थानीय तहहरुबीच अन्तरसम्बन्ध बढाउन र विकासका योजनाहरुलाई तीव्रता दिन समन्वयको भूमिका बढाउनुपर्नेमा जोड दिनुभएको हो ।

 

 

“जिल्ला समन्वय समिति मुख्यतय अनुगमनकारी निकाय हो,” थापाले भन्नुभयो, “अनुगमनमा जोड दिँदा अलपत्र रहेका योजना अघि बढ्न सक्छ ।” जिल्लाका कतिपय योजनाहरु निर्माणमा ढिलासुस्ती देखिएको भन्दै त्यसका लागि सवै राजनीतिक दल, स्थानीय सरकार र जिल्ला समन्वय मिलेर पहलकदमी लिनुपर्ने उहाँको भनाई छ । उहाँले आवश्यकता आधारमा जिल्लाभित्र विविध विषयमा छलफल गरेर जिल्लाको मुद्धामा आवश्यक निर्णय गर्ने परिपाटीको विकास गर्न सुझाव दिनुभयो ।

 

अर्थतन्त्र संकटमा

सांसद थापाले देशमा अहिले आर्थिक संकट उत्पन्न हुन थालेकोमा चिन्ता व्यक्त गर्नुभयो । अहिले सरकारले साधारण खर्च धान्न आन्तरीक ऋण लिन परेको उदाहरण दिँदै सरकारले फजुल खर्च कटौती गर्ने, आयात रोक्ने जस्ता काम गरेको उल्लेख गर्नुभयो ।

 

 

मुलुकको अहिलेको अवस्थामा विकास खर्च समेत कम भएको र राजश्व संकलन समेत न्यून रहेको भन्दै विकास खर्च बढाउन ध्यान दिनुपर्ने उहाँको भनाई छ । अहिलेको अवस्थाले गर्दा आगामी बजेटमा नयाँ कार्यक्रम आउने सम्भावना समेत कम भएको उहाँले बताउनुभयो । जनतालाई महशुस हुने गरि स साना कामहरु गर्न तफै सवै जनप्रतिनिधि अग्रसर हुनुपर्ने उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *