> राष्ट्रिय > लकडाउनका लागि पुलको पट्टा झिकेपछि !


लकडाउनका लागि पुलको पट्टा झिकेपछि !

प्यूठान, १८ चैत ।
स्वर्गद्धारी नगरपालिका ५ सारीमा लक डाउन कार्यान्वयनका लागि समिति नै बनाइएको छ । उक्त समितिले लक डाउन कार्यान्वयनका लागि विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको छ । सचेतनाका लागि माईकिंगको व्यवस्था गर्दै आएको छ । तर सोमबार समितिले सारी गाउँलाई जोड्ने एउटा झोलुंगे पुलको स्लयाव निकालेपछि चर्चा पाएको छ । र उक्त स्ल्यावको विषयमा सकारात्मक तथा नकारात्मक आलोचना हुन थालेपछि मंगलबार स्ल्याव राखिएको छ ।

पुलको स्ल्याव निकालेको अवस्था

लक डाउनको समयमा पनि मानिसहरु आवतजावत गरिरहेपछि पुलको स्ल्याव निकाल्ने जुक्ति समितिले गरेको थियो । सारी जोड्ने पाँच वटा पुल छन् । एउटा पुल(कोलम्पा) मा हेल्थ डेक्स सहितको व्यवस्था गरिएको छ ।
त्यसबाहेकका पुलमा जाली राखेर आवतजावत छेकिएको थियो । तर उक्त जाली हटाएर मानिसहरु आवतजावत गर्न थाले । त्यसपछि चर्तुभुज स्थित झोलुंगे पुलको पाता निकाल्ने सल्लाह भएर समितिले पाता निकालेको हो । रोल्पाका स्थानीयले त्यसको पुलको प्रयोग गरि आउजाउ धेरे गरेपछि पाता निकालिएको स्थानीयको भनाई छ ।

पुलको स्ल्याव रापेपछिको तस्विर

राम्रो गर्न खोजिएको हो, स्थानीय लेखनाथ आचार्यले भन्नुभयो, त्यसले गलत सन्देश गयो । सारीमा गरिएको उक्त कार्यको स्थानीय खुशी थिए, उहाँले थप्नुभयो, लक डाउन पुर्ण कार्यान्वयन गर्नुपर्छ भनेर त्यो काम गरिएको हो । फेसबुकमा फोटो देखेकै आधारमा गलत प्रचार गरिएको उहाँको भनाई छ ।
घटनाको विषयमा पाँच नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले समेत फेसवुक स्ट्याटस राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *