प्यूठान । कोभिड-१९ शुरु भएदेखि त्यसबाट बच्नका लागि विभिन्न सहयोग तथा समन्वय गर्दै आउनुभएका नेपाली कांग्रेस प्यूठानका नेता प्रमोद पोख्रेलले मास्क वितरणलाई निरन्तरता दिनुभएको छ ।
कोभिडबाट बच्नका लागि थालिएको मास्क वितरण अभियान अहिले झिमरुक गाउापालिकाका विभिन्न विद्यालयमा भइरहेको नेता पोख्रेलले जानकारी दिनुभयो ।
झिमरुक गाउँपालिका भित्रका सवै शिक्षक, विद्यार्थी, दलित, गरिव बस्तीमा ५० हजार पिस मास्क बाड्ने योजना रहेको बताउनुभयो ।
यसअघि पनि पोख्रेलले भारतबाट फर्केर अलपत्र परेका व्यक्तिलाई उद्धार गर्ने अभियान चलाउनुभएको थियो ।
