> राजनीति > कांग्रेस महामन्त्री गगन थापा भोलि प्यूठान आउँदै


कांग्रेस महामन्त्री गगन थापा भोलि प्यूठान आउँदै

प्यूठान । नेपाली कांग्रेसका महामन्त्री गगन थापा भोलि सोमवार प्यूठान आउँदै हुनुहुन्छ । नेपाली कांग्रेस प्यूठानले प्यूठान नगरपालिका–३ बालमन्दिरमा आयोजना गरेको आमसभालाई सम्वोधन गर्न नेता थापा प्यूठान आउन लाग्नुभएको हो ।

 

समसामयिक राजनीतिक परिवेशका बारेमा जनतामा कांग्रेसको धारणा राख्न आमसभा आयोजना गरिएको कांग्रेस प्यूठानले जनाएकोछ । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जिल्ला सभापति विष्णु कुमार गिरीले जानकारी दिनुभयो ।

 

महामन्त्री थापासँगै आमसभालाई केन्द्रीय सदस्य डा.गोविन्दराज पोख्रेल, उमेशजंग रायमाझि, राधा घले लगायत नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *