> समाज > गहुँ भित्र्याउन व्यस्त छन् किसान


गहुँ भित्र्याउन व्यस्त छन् किसान

प्यूठान, २१ चैत्र ।
विश्वभर फैलिएको कोरोना संक्रमणका कारण देश लक डाउनमा गुज्रिरहेको छ । प्यूठानका किसानहरु भने कोरोनाको त्रास लिएरै गुहँ बाली भित्र्याउन व्यस्त छन् ।

सरकारले सुझाएका बच्ने उपाएहरु अवलम्बन गर्दै किसानहरु खेतबारीमा व्यस्त छन् । भिडभाड नगरी पाकेको गहुँ काट्दै गरेको दृष्य प्यूठान उपत्यकामा देख्न सकिन्छ ।

यस वर्ष हिउँदे वर्षातका कारण बालि राम्रो भएको किसानहरु बताउँछन् । ‘सरकारले धेरै मानिस जम्मा नहुने भनेपछि एक्लाएक्लै भएर गहुँ काट्न व्यस्त छन् ।’ ,प्यूठान नगरपालिका–४ का स्थानीय रेशम कार्कीले भन्नुभयो, ‘फाट्ट फुट्ट सिधुरे रोग देखिए पनि यसवर्ष उत्पादन बढ्नेछ ।’ पाकीसकेको गहुँ खेतमै झर्ने अवस्था भएपछि किसानहरु गहुँ काँट्न निस्केको वडा सदस्य समेत रहनुभएका कार्कीले बताउनुभयो ।

जिल्लामा ८ हजार ६५० हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिन्छ । गतवर्ष २४ हजार ५४९ मेट्रिकटन गहुँ उत्पादन भएकोमा यस वर्ष बढ्ने कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थ विज्ञ उमेश श्रेष्ठले बताउनुभयो ।

जिल्लामा भृकुटी, डब्लु.के. वार्से चार, गौतम, स्वर्गद्धारी लगाएत जातका गहुँ खेती गर्ने गरिन्छ ।

प्यूठान उपत्यकाको मरन्ठाना क्षेत्रमा पाकेको गहुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!