> राष्ट्रिय > मध्यपान र धूम्रपान नगर्ने ब्यक्तिलाई सम्मान


मध्यपान र धूम्रपान नगर्ने ब्यक्तिलाई सम्मान

नौबहिनि। मध्यपान र धूम्रपान छाडेका ब्यक्तिलाई सम्मान गरिएको छ । नौबहिनि गाउँपालिका-८ स्थित  फोप्ली स्वास्थ्य चौकीले मध्यपान र धूम्रपान नगर्ने ३ जना ब्यक्तिलाई सम्मान गरेको हो ।

बिगत एक बर्ष देखि मध्यपान र धूम्रपानको लत छोडाउन करीव ५० जनालाई काउन्सिलिङ गरि छोडाउन सफल भएकोमा ती मध्येबाट ३ जना ब्यक्ति छनौट गरी सम्मान गरिएको स्वास्थ्य चौकी प्रमुख प्रकाश घिमिरेले बताउनुभयो ।

 

बिश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्मान सहित भिते घडि प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *